साफ महिला च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ८ २०८१, बिहीबार

साफ महिला च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

mahila saff

विराटनगर, २ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटवल अन्तर्गत नेपालले आज बंगलादेश संग प्रतिस्पर्धा गर्दैछ । आजको खेलले समुह ए बाट विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

दुबै टिम यसअघि नै सेमीफाइनलमा पुगिसकेका छन । नेपालले भुटान विरूद्द तीन शुन्यले पराजित गर्दा बंगलादेशले पनि समान अन्तरको जीत हात पारेको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले नेपालले बंगलादेशलाइ पराजित गर्दै समुह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्न चाहेको प्रतिकृया दिनु भएको छ ।

नेपालले बंगलादेश संग अहिले सम्म पांच पटक खेल्दा चारमा जीत र एकमा बराबरीको नतिजा ल्याएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);