यसकारण लाग्दैन समयमै फोन | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

यसकारण लाग्दैन समयमै फोन

mobile internet

काठमाडौं, १ चैत्र । एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा ५ सेकेन्डभित्र फोन लाग्नुपर्ने नियम छ । नेपालमा चलेका दुई सेवा प्रदायक नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमा फोन गरेको ५ सेकेन्डमा फोन लाग्दैन ।

नेपाल दुरसञ्चार प्राधिकरणले यसलाई कल स्थापित हुने समय भनेको छ । प्राधिकरणले तयार पारेको दुरसञ्चार सेवाको गुणस्तरसम्बन्धी नियमावलीमा कल स्थापित हुने दर ५ सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने प्रावधान छ ।

प्राधिकरणले पुस र माघ महिनामा भक्तपुरसहित पृथ्वी राजमार्ग, पोखरा र बागलुङ बजारमा गरेको ड्राइभ टेस्टको क्रममा नेपालका प्रमुख दुई सेवा प्रदायक टेलिकम र एनसेलसहित स्मार्ट टेलिकमको मोबाइलको गुणस्तर मापदण्डभन्दा कम पाइएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);