देउवाको गुनासोः जति सम्झाउँदा पनि शेखरले टेरेनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

देउवाको गुनासोः जति सम्झाउँदा पनि शेखरले टेरेनन्

sher bdr deuwa

काठमाडौँ, २४ फागुन । विराटनगर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए पनि उनले अटेर नटेरेको बताए ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘शेखरजीलाई मैले दुइपल्ट भेटेरै सम्झाएको थिएँ तर, उहाँ रोकिनुभएन । त्यही भएर मैले जवाफ दिएको हुँ ।’ नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफूले नगरेको पनि देउवाले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ ।

नेता कोइरालालाई अनुशासनको कारबाही हुन्छ त रु भन्ने सञ्चारकर्मीको जिज्ञाशामा देउवाले कांग्रेसमा कसैले बोल्दैमा कारबाही नहुने स्पष्ट पारे । उनले पार्टीको चौधौँ महाधिवेशन समयमै हुने दाबी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);