भारतीय उच्च पदस्त अधिकारीसँगको भेटघाटका लागि पूर्वराजा सपरिवारसहित भारत भ्रमणमा जाँदै | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

भारतीय उच्च पदस्त अधिकारीसँगको भेटघाटका लागि पूर्वराजा सपरिवारसहित भारत भ्रमणमा जाँदै

raja

काठमाडौं, २२ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार भारत भ्रमणमा जाने भएका छन् । उनीहरु सबै यही महिनाको अन्तिममा भारत भ्रमणमा जाने भएका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

भ्रमणमा पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वरानी कोमल शाह, छोरी प्रेरणा, नातिनीहरु पूर्णिका र कृतिका, नाति हृदयेन्द्रलगायत सबै भारत भ्रमणमा जान लागेका हुन् ।

उक्त भ्रमणकै लागि बुहारी हिमानी शाह बैंककबाट नेपाल फर्किदै छिन् । उनीहरू पश्चिम बंगाल हुँदै सिक्किममा केही समय बसेपछि त्यसपछि मुम्बई र दिल्ली पनि पुग्ने बताइएको छ ।

स्रोतका अनुसार यो पारिवारिक भ्रमण भए पनि अन्य विषयमा तथा भारतीय उच्च पदस्त अधिकारीसँगको भेटघाटमा पनि विस्तारित हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);