पशुपतिमा दर्शनार्थीको घुइँचो, व्यवस्थापन फितलो | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८१, शनिबार

पशुपतिमा दर्शनार्थीको घुइँचो, व्यवस्थापन फितलो

shivaratri-pashupati

काठमाडौं, २१ फागुन । पशुपतिनाथमा दर्शन गर्ने दर्शनार्थीको घुइँचो यस वर्ष पनि निकै देखियो ।

यस वर्ष फागुनको सोमबार नै शिवरात्रि परेका र भारतको प्रयाजराजमा भएको कुम्भ मेलाका दर्शनार्थीमध्ये केही पशुपतिनाथ मन्दिरमा आएकाले एक हप्ताअघिदेखि नै साधु सन्तसहित भक्तजनको भीड बढेको हो पशुपति विकास कोषको ठहर छ ।

सोमबारको पूजाआजा र दर्शनका लागि बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खुला गरिएको थियो । भक्तजनको भीडभाड व्यवस्थापन गनै महानगरीय ट्राफिक प्रहरी महाखाशाले गौशाला आसपासका १० रुटमा सोमबार बिहानैदेखि गाडी चलाउन रोक लगाएको थियो । यद्यपि पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि विशेष प्रबन्ध मिलाएको भनिए पनि व्यवस्थापनमा कमजोरी देखिएको भक्तजनको गुनासो छ । यो समाचार नेपाल समाचारपत्रमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);