पाठकले लिएको ७८ लाख घुस प्रकरणमा एसएसपीकाे नाम जाेडियाे | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

पाठकले लिएको ७८ लाख घुस प्रकरणमा एसएसपीकाे नाम जाेडियाे

Raj Narayan pathak

काठमाडौं, २० फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरप्रताप सिंहको नामसमेत जोडिएको छ । आफूले घुस लिएको स्वीकारेको भिडियो खिचिएको थाहा पाएपछि पाठकले महाशाखा प्रमुख सिंहलाई प्रयोग गरेर भिडियो खिच्ने ज्ञानेन्द्र झा र ध्वजमान मोक्तानलाई धरपकड र पक्राउ गरेको खुलेको छ ।

‘भिडियो प्रकरणमा प्रत्यक्ष जोडिएका केही व्यक्तिसँग बयान सुरु भइसकेको छ, उनीहरुले प्रमाण नष्ट गर्न पाठकले एसएसपी सिंहलाई परिचलान गरको बयान दिएका छन्,’ अख्तियार स्रोतले भन्यो, ‘भिडियो खिच्ने समूहलाई पक्राउ गरी भिडियो नष्ट गर्न दबाब दिने, धम्क्याउने देखि सादा कागजमा बयान गराएको सम्म खु्लेको छ ।

अख्तियार स्रोतका अनुसार महाशाखा प्रमुख सिंहसहित साइबर अपराध समेत हेर्ने महाशाखाको पिलर ४ का डीएपीलगायतको टोलीले पटक पटक धरपकडदेखि दुव्र्यवहार गरेको बताएका छन् । यो समाचार कान्तिपुर दैनिकमा लेखेको छ ।