काठमाडौं, १८ फागुन । राजधानीको भृकुटीमण्डपमा चलेको सोलार प्रदर्शनीको शनिवार समापन भएको छ । स्टार एक्जिभिसन मुम्वईको आयोजनामा भएको प्रदर्शनीमा सोलार व्याट्रिको प्रवद्र्धन गर्ने उद्देस्य राखिएको थियो ।
नेपाली र भारतीय ब्राण्डका ६५ वटा स्टल राखिएको थियो । प्रदर्शनीमा सहभागी स्टलमध्ये नेपाली कम्पनी पावरटेक कम्पनीले वजारमा सोलार, ईन्भर्टरमा प्रयोग हुने व्याट्रिसहित ३५ प्रकारका व्याट्रिहरु समेत प्रदर्शनीमा राखेको थियो । तिन दिनसम्म चलेको उक्त प्रदर्शनीमा चारहजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।