हेलिकप्टर दुर्घटनाः १५ मिनेटमै हेलिकप्टर जलिसकेको थियो, मसँग तस्बिर खिच्नुको विकल्प थिएन... | ईमाउण्टेन समाचार

Our Network

माघ ५ २०८१, शनिबार

हेलिकप्टर दुर्घटनाः १५ मिनेटमै हेलिकप्टर जलिसकेको थियो, मसँग तस्बिर खिच्नुको विकल्प थिएन…

helecopter_crash-rabindra -adhikari

काठमाडौं, १६ फागुन । बुधबार दिउँसो साढे एक बजे पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको खबर पाथीभरा मन्दिरका पुजारी डिल्ली आचार्यले फोनबाट सिम्रिक एयरका कर्मचारीलाई गराएका रहेछन् । कर्मचारीले मलाई सुनाए ।

तत्कालै एयर डाइनेस्टीका कर्मचारीले ‘भिटु ट्याक’ मा जहाज हल्लिएको नदेखेपछि ताप्लेजुङ विमानस्थलको टावरमा खबर गरेका रहेछन् । टावरले सम्पर्कमा नभएको जानकारी दिइसकेको थियो । तत्कालै हेलिकप्टर लिएर घटनास्थल पुग्दा दुर्घटनाग्रस्त हेलिकप्टर जलेर नष्ट भइसकेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विवेक खड्काले लेखेका छन् ।

हेलिकप्टरमा सवार सबैको मृत्यु भएको थियो । धेरैको शव पनि आधाजसो जलिसकेको थियो । आगो निभिसकेको तर धुँवा भने उडिरहेको थियो । मसँग तस्बिर खिच्नुको विकल्प थिएन । (सिम्रिक एयरका पाइलट खड्कासँगको कुराकानीमा आधारित)

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);