कञ्चनपर, १५ फागुन । हातमा लुगाको पोको बोकेर बुढी हजुरआमासँग हिडेकी उर्मिला रानालाई बर्खा लागेपछि कहिल्यै त्यो बाटो हिड्न मन लाग्दैन । उनको मामा घर त्यहि खोला पारी छ । तर उनलाई मामाघरको माया भन्दा बिचमा रहेको दोदा नदीको बढी सास्ती छ ।
‘हिउँदमा त पानी कम हुन्छ, त्यसैले कहिलेकाँही मामाघर जान्छु‘, उनले भनिन् ‘वर्षातमा यत्रो नदी तरेर को पारी जान सकोस् ?’उर्मिला एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै दोदा नदी वारीपारी बस्ने अधिकांश मानिस बर्खामा यो बाटो हिड्दैनन् ।
हिउँदमा अस्थायी काठेपुल बनाएर दैनिकी चलाएका यहाँका स्थानीयलाई बर्खा लागेपछि निकै हैरानी हुने गर्दछ । शुक्लाफाँटा ९ का कालिदास राना पनि बर्खामा नदी पारी जान सक्दैनन् ।
बसोबास नदी वारी र खेतबारी पारी भएका कतिपय किसानलाई वर्षभरीको मानो रोप्न समेत कठिन हुन्छ । उनीहरु समयमै खेती लगाउन नपाउदा वर्षभरी खाने अन्न समेत उत्पादन गर्न सकेको गुनासो गर्दछन् ।
खेत नदी पारी भएकाले बाढी आउदा समयमै रोपाई गर्न नपाइने अर्का स्थानीय रघुविर रानाले बताए । यो समाचार आजको हिमाल दैनिकमा लेखेको छ ।