काठमाडौं, ११ फागुन । कानुनविद तथा नेकपाका सांसदले नै वाइडवडी खरिद प्रकरणमा भएको अनियमितामा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्ता भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
माउण्टेन टेलिभिजनको कार्यक्रम आजको सन्दर्भमा प्रस्तोता रमेश वाग्लेसँगको कुराकानीमा बाेल्दै उनीहरुले संसदीय समितिको निर्देशन विरुद्ध असंवैधानिक आयोग बनाउनु, आयोगलाई काममा लगाउन नसक्नुले प्रधानमन्त्री ओलीको पनि विमान खरिदमा संलग्नता भएको हुन सक्ने उनीहरुले लख काटेका हुन् ।
‘भ्रष्टाचार आफैमा व्यक्ति वा एउटा समुहबाट सम्भव हुने विषय नै होइन,’ अधिवक्ता आचार्यले भने, ‘संलग्नलाई निलम्बन र कारवाही गर्न नसक्नु अनि आफै आलोचित हुँदा समेत मौन बस्नुले प्रधानमन्त्री यसबाट अछुतो हुनुुहुन्न भन्न सकिन्छ ।’
उनले प्रधानमन्त्रीले आफू निकटहरुको उठबसबारे मसिनो अध्ययन गरि उनीहरुबाटै कारवाही सुरु गर्नुपर्ने बताए । ‘यो सरकार असफल भयो भने देशमा धेरै समय असन्तुलन हुँदैछ भनेर बुझ्नुपर्ने हुन्छ’ उनले भने ।
नेकपाका सांसद राजेन्द्र आचार्यले पनि भ्रष्टाचार बढ्दै जानु चिन्ताको विषय भएको भन्दै प्रधानमन्त्रीको शून्य सहनशीलताको नीति कार्यान्वयनमा आउन नसकेकोमा चिन्ता व्यक्त गरे ।
विस्तृत जानकारीको लागि भिडियो हेर्नुहोस्>>>