विद्यार्थी बिरामी भएपछि विद्यालयमै बोका बलि | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

विद्यार्थी बिरामी भएपछि विद्यालयमै बोका बलि

boka

काठमाडौं, ९ फागुन । रोल्पा – बुधबार बिहानै घामको झुल्कोसँगै विद्यालयको हातामा कालो बोका बाँधियो । शक्तिशाली भनिएका धामीहरुले फूल–अक्षता लगायत झारफुकका सामग्री तयार पारे ।

विद्यार्थी र अभिभावकले स्कुल भरि भराउ भयो । सानाठूला बिद्यार्थी विद्यालय हातामा प्रवेश गरेसँगै ‘ऊ आयो आयो’ भन्दै बेहोस हुन थाले । बिरामी भएर ढलेका विद्यार्थीको टाउको माथि मन्तर गर्दै धामीले ‘पाती र चँवर’ चलाउन सुरु गरे । पाँच / सातजना हुँदै दर्जन भन्दा बढी विद्यार्थी चिच्याउँदै बेहोस हुन थालेपछि अभिभावक आत्तिए ।

दुई महिनायता लगातार विद्यार्थी बिरामी पर्न थालेपछि रोल्पा सदरमुकाम लिवाङछेउमा रहेको पिताराज आधारभुत विद्यालयमा दोस्रोपटक धामी बोलालिएको हो ।

‘अभिभावकहरुले नै स्कुलमै धामी बसाल्नु भएको हो । जति गर्दा पनि भएन आज त कालो बोका सहित धामी बसेका हुन्,’ विद्यालयकी प्राधानाध्यापक लीला आचार्यले बताइन् । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);