महान्यायधिवक्ताको रायः अख्तियारका पूर्वआयुक्त पाठकलाई मुद्दा चलाऊ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

महान्यायधिवक्ताको रायः अख्तियारका पूर्वआयुक्त पाठकलाई मुद्दा चलाऊ

Raj-Narayan-pathak

काठमाडौं, ७ फागुन । महान्यायधिवक्ता कार्यालयले घुस प्रकरणपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध मुद्दा दर्ता गरी कारबाही अघि बढाउन राय दिएको छ । यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

अख्तियारले सोमबार महान्यायधिवक्ता कार्यालयसमक्ष मुद्दा कसरी चलाउने भन्ने विषयमा राय माग गरेको थियो । महान्यायधिवक्ता कार्यालयले संविधानमा सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरेको ठहरिएमा मुद्दा दर्ता गर्न सक्ने व्यवस्था भएकाले सोहीअनुसार अगाडि बढाउन सक्ने राय दिएको हो ।

महान्यायधिवक्ताको कार्यालयले अख्तियारको आफ्नै ऐनमा पनि अनुसन्धान गरी भ्रष्टाचार गरेको देखिएमा मुद्दा दर्ता गरी कारबाही गर्न सक्ने व्यवस्था भएकाले त्यसैअनुसार अघि बढ्न सुझाव दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);