सकस बन्दै कर्मचारी समायोजन | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

सकस बन्दै कर्मचारी समायोजन

pm kp sharma oli

काठमाडौं, २ फागुन । दोस्रो पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीद्वारा शपथ ग्रहण गरिएको दिन फागुन ३ लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकै महत्व दिएर प्रचार गरेको थियो ।

कर्मचारी समायोजका सन्दर्भमा उनले भनेको थियो, ‘२०७५ फागुन ३ भित्र कर्मचारी समायोजनसम्बन्धी सबै काम टुंग्याउँछौँ ।’ सो मन्त्रालयका उच्च कर्मचारीहरुका अभिव्यक्तिहरुमा पनि सो भनाईले निकै प्राथमिकता पाउने गरेको थियो ।

अब फागुन ३ भित्र समायोजन टुंगिने कुनै सम्भावना छैन । यसअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितद्वारा व्यक्त पुस मसान्तसम्मको समायोजन भाका पनि यसरी नै टरेको थियो । त्यसपछि माघभित्र समायोजन हुने भन्दै हिँडेका मन्त्री पण्डित अहिले फागुनभित्र भन्न थालेका छन् । यो समाचार नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);