काठमाडौं, २९ माघ । राष्ट्रियसभा सदस्यहरुले समयसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्यहरुले जिल्लास्थित संञ्चालित परियोजनाहरुको रोकिएको काम अबिलम्ब सुरु गर्न, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने लगायत माग गरेका छन् ।
राष्ट्रियसभा सदस्य शेर बहादुर कुँवरले मुलुकभरका आयोजना तथा परियोजनाहरुको निर्माण कार्य यथासिघ्र अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । निरन्तर रुपमा पहिला देखि चलिआएका परियोजनाहरुमा केन्द्रबाट रकम प्रदेशलाई हस्तान्तरण गरि प्रदेश अन्र्तगत राखिएका तीनै परियोजनालाई अहिले केन्द्रबाट तत्काल अघि नबढाउनु भनी निर्देशन भएको भन्दै उनले परियोजनाहरुको निर्माण कार्यलाई यथासिघ्र अघि बढाउन माग गरे ।
स्थानीयतहमा कैयांै पदहरु रिक्त रहेको भन्दै उनले उपनिर्वाचनको तत्काल व्यवस्था गर्न माग गरे । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
सरकारले आफू अनुकुलका विषयमा मात्रै संसदीय सर्वोच्चताको कुरा गर्ने गरेको भन्दै उनले प्रतिवेदन सार्वजनिक नभएको प्रति आपत्ती जनाए । छलफल नगरि आयोगले बुझाएको प्रतिवेदनलाई आधार बनाएर कानुन ल्याइयो भने आफूहरुलाई त्यो मान्य नहुने भन्दै उनले आयोगको प्रतिवेदनमाथि सदनमा छलफल चलाउन माग गरे ।
सरकारले यसपटक पनि शिक्षा क्षेत्रलाई प्रयोगशाला बनाउने प्रयास गर्यो भने त्यसको शसक्त प्रतिकार गर्ने उनले चेतावनी दिए । उनले आयोगको प्रतिवेदन सदनमा टेबुल गर्नका लागि सरकारलाई रुलिङ गर्न सभाध्यक्षसंग माग गरे ।
राष्ट्रियसभा सदस्य चक्र प्रसाद स्नेहीले वाईड वडी विमान खरिद प्रकरणको बारेमा भएको अध्ययन अनुसन्धान बारे सदनलाई जानकारी गराई संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।