काठमाडौं, २९ माघ । अर्थमन्त्री युवराज खतिवडाले एकिकृत योजना अनुसार सडक लगायत सम्पुर्ण पुर्वाधार विकासका योजना अघि बढाउनुपर्ने बताएका छन् ।
व्यवस्थापन संघ नेपालले मंगलबार राजधानीमा गरेको राष्ट्रिय व्यवस्थापन सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले झुण्ड झुुण्ड रणनीति बनाएर पुर्वाधार विकास गर्न नसकिने बताएका हुन् । उनले सम्पुर्ण सार्वजनिक यातायात सरल, सहज र सुरक्षित बनाउने हो भने एकीकृत ढंगको यातायात पुर्वाधारको विषयमा सोच्नुपर्ने बताए ।
अर्थमन्त्री खतिवडाले व्यवस्थापन संघ आफैमा व्यवसायीक र महत्वपुर्ण रहेको भन्दै व्यवसायिक कार्यमा सहकार्य र सहयोग गर्न सरकार सधै तयार रहेको बताएका हुन् ।
कार्यक्रममा सहभागीहरुले एकिकृत योजना विना सडक लगायतका पुर्वाधार निर्माणका काम नगर्न सुझाव दिएका थिए ।