एकीकृत योजना अनुसार पूर्वाधार विकासको योजना अघि बढाउनुपर्छ : अर्थमन्त्री खतिवडा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

एकीकृत योजना अनुसार पूर्वाधार विकासको योजना अघि बढाउनुपर्छ : अर्थमन्त्री खतिवडा

arthamantri yubaraj khatiwada

काठमाडौं, २९ माघ । अर्थमन्त्री युवराज खतिवडाले एकिकृत योजना अनुसार सडक लगायत सम्पुर्ण पुर्वाधार विकासका योजना अघि बढाउनुपर्ने बताएका छन् ।

व्यवस्थापन संघ नेपालले मंगलबार राजधानीमा गरेको राष्ट्रिय व्यवस्थापन सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले झुण्ड झुुण्ड रणनीति बनाएर पुर्वाधार विकास गर्न नसकिने बताएका हुन् । उनले सम्पुर्ण सार्वजनिक यातायात सरल, सहज र सुरक्षित बनाउने हो भने एकीकृत ढंगको यातायात पुर्वाधारको विषयमा सोच्नुपर्ने बताए ।

अर्थमन्त्री खतिवडाले व्यवस्थापन संघ आफैमा व्यवसायीक र महत्वपुर्ण रहेको भन्दै व्यवसायिक कार्यमा सहकार्य र सहयोग गर्न सरकार सधै तयार रहेको बताएका हुन् ।

कार्यक्रममा सहभागीहरुले एकिकृत योजना विना सडक लगायतका पुर्वाधार निर्माणका काम नगर्न सुझाव दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);