पशुपतिमा किरिया बस्नै सकस | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

पशुपतिमा किरिया बस्नै सकस

Pashupatinath - Cremations

काठमाडौं, २८ माघ । पशुपति क्षेत्र विकास कोषले नियमित सरसफाई र पानीको सुविधा दिन नसक्दा पशुपतिको किरियापुत्री सेवा केन्द्रमा किरिया बस्नेहरुलाई सकस भएको छ। कोष र सेवा केन्द्रले सरसफाई नगर्दा किरिया बस्न गाह्रो भएको किरियापुत्रीको गुनासो छ। किरियामा बस्दै आएका धिराज बानियाँले सरसफाई नहँुदा दुर्गन्धले किरिया बस्न नसकेको जानकारी दिए।

‘जहाँतही फोहोर फालिएको छ। फोहोरले गर्दा शौचालय छिरिनसक्न छ,’ उनले भने, ‘दुर्गन्धले किरिया बस्न सकेका छैनौं। दुर्गन्ध झेलेर बल्लबल्ल ११ दिनसम्म त धानियो।’ उनका अनुसार कोठाहरु पनि साह्रै नै फोहोर छन्। त्यसमाथि बाँदरबाट बच्न पनि कठिन भएको हुँदा बाहिरसमेत ढुक्कले बस्न नसकिएको किरियापुत्रीहरु बताउँछन्।

किरियापुत्री भवनभित्र दुईवटा पोखरी पनि छन्। पोखरी सरसफाई नगर्दा दुर्गन्ध फैलिएको छ। कोषले भने यसलाई बेवस्ता गरेको छ।

पैसा तिरेर बसे पनि किरिया केन्द्र सफा हुनुपर्ने अर्का किरियापुत्री युवराज बानियाँ बताउँछन्। ‘किरिया बस्दा दिनको दुई सय ५० तिर्नुपर्छ,’ उनले भने, ‘सरसफाई भने कुनै संस्थाले गर्दैन। फोहोरको दुर्गन्धमा रुमलिएर किरिया बस्नु परेको छ। पीडामाथि फोहोरको दुर्गन्धले स्वास्थ्यलाई असर गर्छ कि भन्ने पो डर छ।’ उनका अनुसार त्यहाँ तीनवटा धारा छन्। तर नियमित पानी आउँदैन। आए पनि लेदो मात्रै आउने गरेको छ। त्यसैले जारको पानी किनेर उपयोग गर्नुपरेको उनी बताउँछन्। किरिया क्षेत्रमा सरसफाई गरी दुर्गन्ध मुक्त ठाउँ बनाउनुपर्ने किरियापुत्रीहरूको माग छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);