नेकपाले देशलाई झन दुःख दिने भो, अब सेना चुप लागेर बस्न हुन्न : प्रेमसिंह बस्न्यात (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

नेकपाले देशलाई झन दुःख दिने भो, अब सेना चुप लागेर बस्न हुन्न : प्रेमसिंह बस्न्यात (भिडियोसहित)

kharo prashna with premsingh basnyat

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार चलिरहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलालाई केन्द्रमा राखेर जब वक्तव्य जारी गरे र त्यसैसंग जोडिएर नेपाल सरकारले पनि अर्को वक्तव्य जारी गर्यो । तर, त्यो वक्तव्यले अध्यक्ष दाहालले जारी गरेको वक्तव्यलाई हुबहु अनुमोदन गरेको छैन । अहिले त्यही विषयनै नेपालको राजनीतिको केन्द्रमा परेको छ । अमेरिकामा रहेको नेपाली राजदूतवासमा स्पस्टिकरण सोधिएको छ । नेपालमा रहेका विभिन्न देशका आवासीय प्रतिनिधिहरुसंग नेपाल सरकारले छलफल गरेको छ । तर त्यो छलफलमा अमेरिकी राजदूत उपस्तित भएनन् । अब नेपाल र अमेरिकाबीचको सम्बन्ध कस्तो रहन्छ ? यो विषयलाई कुटनीतिक तवरले हल गर्नुपर्ने दायित्व सरकारको काधमा आएको छ । नेपालको अन्तरिक राजनीति कुन ढंगबाट चलिरहेको छ यसले छर्लंग पारिदिएको छ । नेपालको अन्तरिक अवस्था कति मजबुत छ र अन्तरिक शक्तिहरु कति गठजोड भएर हिडिरहेका छन् ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले पूर्व जर्नेल प्रेमसिंह बस्न्यातसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);