आफ्नै व्यवसायमा आत्मनिर्भर बन्दै कम्लरी | ईमाउण्टेन समाचार

Our Network

पुष १२ २०८१, शुक्रबार

आफ्नै व्यवसायमा आत्मनिर्भर बन्दै कम्लरी

kamlari

दाङ, २० माघ ।  सन्तोली चौधरीको बाल्यकाल र बैंस कम्लरीका रूपमा बित्यो । गढवा, घोडाहाका जमिनदारको घरमा काम गर्थिन् । विवाहपछि पनि मुक्ति मिलेन । श्रीमानसँग त्यहीँ गाउँमा कम्लरी बसिन् । सरकारले ०५७ सालमा कमैया मुक्ति घोषणा गर्‍यो । त्यसपछि जमिनदारको घर छोडिन् । लामो समय खानबस्न समस्या पर्‍यो । अहिले जग्गाधनी भएकी छन् ।

उनले २ वर्षअघि सहकार्य मुक्त कमैया समूहबाट २० हजार रुपैयाँ सहयोग पाइन् । त्यसबाट सुन्तला, केरा, बदाम, स्याउजस्ता फलफूल किनेर बेच्न थालिन् । दैनिक सरदर २ हजार रुपैयाँसम्म बचत हुने गरेको उनले बताइन् । समूहको ऋण चुक्ता गरिसकिन् । मासिक ५ सय रुपैयाँका दरले समूहमा पनि बचत गर्न थालिन् । अहिले ६ लाख पुगिसक्यो । त्यसबाट ऋण लगानी भएको छ । समूहकै सदस्यले ऋण लिएर विभिन्न काम गरिरहेका छन् । यो समाचार कान्तिपुर दैनिकमा  छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);