काठमाडौं, १७ माघ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको सरकारको काधमा दुईटा महत्त्वपूर्ण जिम्मेवारी छ । एउटा संविधानको पूर्ण कार्यान्वयन र अर्को मूलुकलाई समृद्द बनाउनु पर्ने छ । हाम्रो अन्य मूलुकसंगको परनिर्भरता बढिरहेको छ र परनिर्भरता अन्त्य गर्न उत्पादनमा जोड दिनुपर्ने छ । त्यसपछि मात्रै मूलुक आत्मनिर्भर बन्छ भनेर राजनीतिज्ञ हरुले बारम्बार भनिरहेका छन् । तर, यो बीचमा सरकारले उत्पादन र सुशासनमा कति जोड दियो ? संगसंगै संविधानलाई कार्यान्वयनको लागि र संविधानलाई मजबुत बनाउन सरकारले कार्यान्वयनको प्रक्रियालाई कति अघि बढायो ? संविधान माथि आघात पुग्दैछ भने कहाँबाट र कसबाट पुग्दैछ ? संविधानलाई बलियो बनाउने हो भने कसरी गर्ने हो ? संगै केन्द्रिय राजनीति संचालन गरिरहेको नेकपा र उसको नेतृत्वमा चलिरहेको सरकारको कामको बारेमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले वरिष्ठ अधिवक्ता विष्णु भट्टराईसँग गरेको कुराकानी हेर्नुहोस् :




