प्रदेश २ सरकारले जनकपुर चुरोट कारखाना कब्जा गर्न खोजेको मन्त्री यादवको आरोप | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

प्रदेश २ सरकारले जनकपुर चुरोट कारखाना कब्जा गर्न खोजेको मन्त्री यादवको आरोप

matrika yadav

जनकपुरधाम, १३ माघ । उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले प्रदेश–२ सरकारले जनकपुर चुरोट कारखानालाई कब्जा गर्न लागेको आरोप लगाएका छन् ।

आइतवार जनकपुरधाममा संचारकर्मीसंग कुरा गर्दै मन्त्री यादवले बन्द रहेको चुुरोट कारखानाको आवास गृहलाई प्रदेश सरकारले कब्जा गर्न लागेको आरोप लगाए । उनले जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालन गर्न आन्तरिक कार्य चलिरहेको समयमा वोर्डलाई जानकारी नदिई मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय स्थापना गरिएको प्रति असन्तुष्ट समेत व्यक्त गरे ।

मन्त्री यादवले जनकपुर चुरोट कारखाना पुनः संचालन गर्ने विषयमा छलफल भईरहेको र यस विषयमा मुख्यमन्त्रीसंग पनि छलफल गरिने जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);