काठमाडौं, ७ माघ । सरकारी अस्पताल पर्याप्त सुविधा नहुँदा मेची क्षेत्रका सर्वसाधारलाई सधै सास्ती खेप्नु परिरहेको छ । पहाडी भेगमा अस्पतालबाट धेरै जसो बिरामी रेफर गरिन्छन् भने तराईमा पूर्वाधार भएर पनि जनशक्ति नहुँदा बिरामीले उपचारका लागि अन्यत्र धाउनु परेको छ ।
पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा पूर्वाधार अभाव छ । कतिपय अस्पतालमा उपकरण छन्, जनशक्ति छैन भने कतिपय अस्पतालमा पूर्वाधार पर्याप्त भए पनि विशेषज्ञ चिकित्सककै दरबन्दी खाली छ । यो समाचार आजको नागरिक पत्रिकाबाट लिएको हो ।