गाउँपालिकाको रकम सदुपयोगका लागि कार्य विधी | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

गाउँपालिकाको रकम सदुपयोगका लागि कार्य विधी

शम्भु माली

कपिलवस्तु, २९ पुस । देशका बिभिन्न जिल्लाहरुमा गरिबी निवारण कोषको रकम हिनामिना भईरहेको समाचार वाहिर आईरहेका बेला कपिलवस्तु स्थित यशोधरा गाउँपालिकाले भने आफै सचेत भएर लागेको छ ।

गाउँपालिकाले कोषको रकम परिचालन गर्नका लागि कार्यविधी बनाएर रकमको हिसाव किताव पारदर्शी बनाएको हो । बिश्व बैंकको अनुदानमा गाउँपालिकालाई आयआर्जनको लागि १८ करोड रुपैयाँ प्राप्त भएको थियो ।

उक्त रकमबाट समुदायहरुलाई आयआर्जनका लागि सहुलियत दरमा ऋण प्रदान गरेको लक्ष्मी सामुदायिक संस्था, कपिलवस्तुका सदस्य प्रभावती पासीले बताए ।

यसरी समुदायहरु नै रकम दुरुपयोग हुन्छकी भनेर सचेत भएपछि गाउँको आय आर्जनमा समेत टेवा पुगेको यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश कुमार पाण्डेयले बताए । उनले रकम दुरुपयोग देखि लक्षित वर्ग लाभान्वित भए वा भएनन भनेर आफुले पनि अनुगमन गर्दा उत्साहित भएको अध्यक्ष पाण्डेयको भनाई थियो ।

यशोधरा गाउँपालिकामा अझै पनि धेरै जनसंख्या गरिबीको रेखामुनी छन् । उनीहरु मध्ये कयौको परिवार बैदेशिक रोजगारीमा निर्भर छ । तर, विदेशमा परिवारका सदस्य नभएकाहरुका लागि यो कार्यक्रम अझ फलदायी भएको सरोकारवालाहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);