आफैंले नेतृत्व गरेको नेकपा अवैधजस्तो लागेको छः अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८२, मंगलबार

आफैंले नेतृत्व गरेको नेकपा अवैधजस्तो लागेको छः अध्यक्ष दाहाल

dahal

काठमाडौं, २९ पुस । नेकपा अध्यक्ष पुष्पकमल दाहाल आफैंले नतृत्व गरेको पार्टी अहिले अवैधजस्तो भएको बताएका छन् ।

उपन्यासकार भगवती ढुंगेलको पुस्तक शनिबार विमोचन गर्दै उनले सबै राजनीतिक दलले हरेक कमिटिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनु पर्ने भए पनि आफ्नो पार्टीले अहिले नसकेकोमा पार्टी नै अवैधजस्तो भएको बताएका हुन् ।

उनले निर्वाचन आयोगमा आगामी महाधिवेशनबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएको र पुर्याउने दृढता पनि जनाए । ‘हाम्रो पार्टी अहिले अवैधजस्तो भएको छ । हामीले निर्वाचन आयोगमा ३३ प्रतिशत पुर्याउँछौं भनेका छौं । आगामी अधिवेशनबाट ३३ प्रतिशत प्रतिनिधित्व पुर्याउँछौं’ उनले भने ।