चरणवद्ध आगलागी भएपछि डडेल्धुराका स्थानीय त्रसीत, रातभर जाग्राम बस्दै | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

चरणवद्ध आगलागी भएपछि डडेल्धुराका स्थानीय त्रसीत, रातभर जाग्राम बस्दै

dadeldhura aaglagi-jagram

बिमल जैरु
डडेल्धुरा, २८ पुस । डडेल्धुरा सदरमुकामका स्थानीय व्यापारी आजभोलि रातभर जाग्राम बस्ने गरेका छन् । गत साता जिल्ला सदरमुकाम बागबजारमा चरणवद्ध रुपमा चारपटक आगलागी भएपछि त्रसीत बनेका व्यापारी र स्थानीयहरु रातभर जाग्राम बस्ने गरेका हुन् ।

डडेल्धुरा सदरमुुकाम बागबजारमा १० दिनको अवधीमा मात्र चारपटक आगलागी भएपछि स्थानीय व्यापारी र स्थानीयहरु त्रसित भएर रातभर जाग्राम बस्न थालेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी संगै मिलेर स्थानीय व्यापारी र स्थानीयहरु जिल्ला सदरमुकामको बागबजार, बगरपाटा, बगरकोट रोडदेखि तुफानाडाँडा बजार सम्म गस्ती गरिरहेका छन् । अपराधीक समहुले आगजनी गरेको हुन सक्ने भन्दै रातभर पालैपालो गस्ती गर्न थालेको व्यापारीहरु बताउँछन् ।

उद्योग वाणिज्य संघ डडेल्धुराको अगुवाईमा जिल्ला सदरमुकाम क्षेत्रका व्यापारी राती १० वजे देखि बिहान ३ वजे सम्म बजारमा गस्ती गर्ने गरेका छन् । घरका महिला ,पुरुष गरी पालैपालो बजार क्षेत्रमा गस्ती गर्न थालेको स्थानीयहरु बताउँछन् । यता, जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पनि प्रहरीको गस्तीलाई बढाएको छ । जिल्लामा प्रहरीको संख्या कम भएकाले स्थानीयसंग मिलेर गस्ती गर्दा सहज भईरहेको प्रहरीको भनाई छ ।

गत दुई साताको अवधीमा मात्रै डडेल्धुरा सदरमुकामका विभिन्न वजारमा आगलागीका चारवटा घटना भएका थिए । ती आगलागीमा १६ वटा पसल जलेर नष्ट भएका थिए । यी घटनाहरु साँच्चै नै आपराधीक समुहले गरेका हन् भने प्रहरीले चाँडो भन्दा चाँडो अपराधी पत्ता लगाउन स्थानीयले माग समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);