काठमाडौं, २५ पुस । सरकारले नेपालमा आउने विदेशी नागरिकमाथि निगरानी राख्ने भएको छ । नेपाल आएका विदेशी नागरिकले खुलेआम यौनजन्य गतिविधि गरिरहेको समाचार बाहिर आएपछि अध्यागमन विभागले उनीहरुको नेपाल बसाईमाथि कडा निगरानी राख्ने योजना अघि सारेको हो ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागमा महानिर्देशक ईश्वरराज पौडेलले विदेशी नागरिहरुका अबाञ्छित गतिविधि नियन्त्रण गर्न उनीहरु बस्ने होटलमा समेत निगरानी राख्न लागिएको जानकारी दिए ।
विभागले अबाञ्छित गतिविधिमा संलग्न ११ जना नागरिकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको पनि जनाएको छ । विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिको कामलाई तीव्रता दिइएको पनि जनाएको छ ।