पारो प्राणघातक रहेको पुष्टि | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

पारो प्राणघातक रहेको पुष्टि

प्रतीक्षा शर्मा
काठमाडौं, २४ पुस । नेपालमा मर्करी अर्थात पारोको प्रयोग जान अन्जानमा अत्यधिक मात्रामा हुने गरेको पाइएको छ । तर, यहि मर्करी प्राणघातक रहेको पुष्टि भएको छ । यसपछि सरकारले अब यसलाइ नियन्त्रणको तयारी गरेको छ ।

ज्वरो आए नआएको नाप्नको लागि होस वा तापक्रम नाप्नको लागि नै किन नहोस हामी अहिलेपनि पारोयुक्त थर्माेमिटरको प्रयोग गर्ने गर्दछौं । दात राम्रो बनाउन स्केलिङ गर्नको लागि होस वा सुनको जलप लगाएर मुर्ति बनाउन वा अनुहार सुन्दर बनाउनको लागि सौन्दर्य सामाग्रीको प्रयोग नै किन नहोस यी सवै कामको लागि प्रत्यक्ष वा परोक्ष रुपमा मर्करी अर्थात पारोको प्रयोग हुने गर्दछ । कोठो उज्यालो पार्ने सिएफएल चिम होस वा टयुवलाइट सवैमा मर्करीको प्रयोग अत्यधिक मात्रामा हुने गर्दछ ।

यतिधेरै ब्यापक कामको लागि प्रयोग हुने मर्करी कति हानीकारक छ भन्ने तपाइलाइ थाह छ ? अथवा यसले के कति असर गर्छ भन्ने तपाइलाई हेक्का छ ? छैन भने जानी राख्नुहोस । स्वास्थ्य सम्वन्धी जानकारी भएका विज्ञहरुको कुरालाइ आधार मान्ने हो भने मर्करी मानव स्वास्थयको लागि असाध्यै हानिकारक छ । मानव स्वास्थ्यमा मर्करी विभिन्न माध्यामबाट पुग्छ । मर्करी पानीमा परयो भने उक्त पानी माछाले खाने र मानिसले माछा खादा मानिसमा मर्करी सर्ने गर्दछ । विज्ञका अनुसार मर्करी मानव शरिरको अत्यधिक वोसो भएको स्थान जस्तै मस्तिष्क,पेट आदिमा वस्ने गर्दछ । मर्करीको कारण मानिसको शरिर काम्ने, मुगौला बिग्रने, आखा दुख्ने जस्ता समस्या हुने गर्दछ ।

नेपालमा मर्करीको उत्पादन नभएपनि यसको उपभोग भने अत्यधिक मात्रामा हुने गर्दछ । चीन, भारत, जापानबाट यसको आयात नेपालमा हुने गर्दछ । बन तथा वातावरण मन्त्रालयका डा.भुपेन्द्र देवकोटाका अनुसार,मर्करी अर्थात पारोको अत्यधिक प्रयोगले मानव स्वास्थयलाइ असाध्यै असर गर्दछ । मर्करीको प्रयोग हस्तकलाको मुर्ति निर्माणको क्रममा अत्यधिक मात्रामा प्रयोग भइरहेको पाइन्छ ।

मर्करी खतरनाक भएकै कारण विश्वका १२८ मुलुकले यसलाइ नियन्त्रण गर्ने महासन्धिमा हस्ताक्ष गरिसकेका छन भने १०१ मुलुकले महासन्धि अनुमोदन समेत गरिसकेका छन । नेपालमा यसको उत्पादन नभएपनि यसको प्रयोगमा बन्देज लगाउनको लागि महासन्धिमा हस्ताक्षर गर्ने तयारी हुन थालेको छ ।

बन तथा वातावरण मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालले मर्करीको प्रयोगमा वन्देज लगाउन उपयुक्त नीति तर्जुमा गर्ने तहमा सरकार पुगेको बताए । उनले मर्करीको जानेर वा नजानेर नेपालमा अत्यधिक प्रयोग भइरहेको भन्दै यसलाइ नियन्त्रण गर्न अब अग्रसर हुने,जनचेतना जगाउने लगायतको काम गर्ने जानकारी दिए ।

नेपालमा जानी नजानी मर्करीको अत्यधिक मात्रामा प्रयोग भइरहेको पाइएपछि अब यसवारेमा प्रशस्त जनचेतना जगाउने मात्र होइन यसलाइ नियन्त्रणको लागि नियम नै बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);