मेचीनगर नगरपालिकामा ३ नबच्दै कर्मचारी गायब | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८१, बिहीबार

मेचीनगर नगरपालिकामा ३ नबच्दै कर्मचारी गायब

खगेन्द्र घिमिरे
झापा, १९ पुस । देशका धेरैवटा स्थानीय तहका कार्यालयमा राष्ट्रसेवक कर्मचारीहरु समयमा नपुग्ने तथा पुगेपनि पुरा समय नवस्ने गरेको गुनासो वारम्वार आईरहेको छ । बुधवार पनि झापाको मेचीनगर नगरपालिका–१४ को वडा कार्यालयमा यस्तै दृष्य देखियो ।

कार्यालयमा वडाध्यक्ष शंकर प्रसाद पोखरेल, प्रशासन शाखाका कर्मचारी मिरान्न आचार्य, लेखा शाखाका कर्मचारी सुनिता सारेनको कुर्सि मात्र खाली थिएन । वडाको महत्वपूर्ण जिम्मेवारी सम्हालेका वडा सचिव जीवन काफ्लेले समेत सेवाग्राहीको काम नगरी समय अगाडीनै हिँडेका थिए ।

यसरी मेची नगरपालिका–१४ वडा कार्यालयका कर्मचारीले जनताले तिरेको करको तलव खाएर जनतालाई नै छक्याईरहेका छन् । केही अत्यावश्यक र विशेष कारणले कोही कर्मचारी चाँडै जानु पर्ने वाध्यता हुनसक्छ । तर, सेवाग्राहीको सेवा गर्न छोडेर काम चोर्ने कर्मचारीलाई भने कारबाही गरिनुपर्ने यहाँका सेवाग्राहीको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);