काठमाडौं, १७ पौष । नेपाली काँग्रेसको महासमितिको बैठक सकिएको छ । र महासमिति बैठकमा २-३ वटा कुरा मूल रुपमा उठेको देखिन्छ । बैठकमा हिन्दु धर्म नेपालको मूल धर्म हो र यसलाई आधार मानेर नेपाल हिन्दु राज्य हुनुपर्छ भनेर त्यहाँ हस्ताक्षर अभियान चलाएको थियो । तर, त्यो विषय बैठकमा छलफल र बहसको विषय बनेन । महासमितिमा त्यो विषय छलफलको विषय नबनिरहादा, महासमितिका बहु संख्यक सदस्यहरुले यो विषयलाई बहसको विषय बनाए । अब नेपाली काँग्रेसको केन्द्रिय नेतृत्वले यसलाई कसरी लिन्छ ? काँग्रेसका नेताहरुले हामी मिलिसक्यौ भनेर संदेश दिन खोजि रहेका छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि हामी मिलेका छौ भन्ने संदेश दिईरहेका छन् । बिपी कोइरालाले जसरी भारतबाट नेपाल आउदा ल्याएको संदेशलाई अब कांग्रेसले कसरी अगाडी बढाउने विचार गरेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता उदय शमशेर राणासँग गरेको कुराकानी हेर्नुहोस् :
ओलीले मिलाइदिए देउवा र पौडेल, कांग्रेस नेताले दिए धन्यवाद (भिडियोसहित)
ताजा समाचार
सेयर बजारका सबै सूचक बढे, घट्यो कारोबार
१२ घन्टा अघि
पाल्पा सिमेन्टको आईपीओ खुल्यो
१५ घन्टा अघि
आकाश छुने चीर, मन छुने रङ (फोटो फिचर)
१६ घन्टा अघि




