पार्टी एकता टुंग्याउन नेकपामा कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

पार्टी एकता टुंग्याउन नेकपामा कार्यदल गठन

nekapa

काठमाडौं, १४ पुस । विवाद र आलोचना भएपछि नेकपाको स्थायी समिति बैठक १४ दिन लम्बियो । पार्टी अध्यक्षद्वयको प्रतिवेदन र प्रधानमन्त्री केपी ओलीको नेताहरूले खुलेर आलोचना गरे । ओलीले पार्टी र सरकारमा गल्ती गरेको औँल्याउँदै आत्मालोचना गर्नुपर्ने माग गरे, अध्यक्षको राजनीतिक प्रतिवेदनमा पनि आपत्ति जनाए । अन्ततः परिमार्जन गर्ने प्रतिबद्धतासहित प्रतिवेदन पारित गर्दै शुक्रबार बैठक सकिएको छ । बैठकले पार्टी एकताका बाँकी काम सकाउन कार्यदल गठन गरेको छ ।

ओली–प्रचण्डको दस्ताबेज परिमार्जनसहित पारित

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी समितिमा पेस गरेको राजनीतिक दस्ताबेज परिमार्जनसहित पारित भएको छ । २९ मंसिरदेखि सुरु स्थायी समिति बैठक विवादका कारण लम्बिँदै शुक्रबार सकिएको हो । बिहीबारको बैठकमा अध्यक्षको दस्ताबेज जस्ताको तस्तै पारित गर्न खोजेपछि नेताहरू वामदेव गौतम, घनश्याम भुसाल र भीम रावलले प्रतिवाद गरेका थिए । उनीहरूले उठाएका विषय दस्ताबेजमा समेट्न शीर्ष नेता प्रतिबद्ध भएपछि शुक्रबारको बैठकले पारित गरेको हो ।

९ सदस्यीय कार्यदल

बैठकले पार्टी संगठनहरुको एकीकरणको काम पुस मसान्त भित्र सक्ने गरी आवश्यक सुझाव पेश गर्न महासचिव विष्णु पौडेले नेतृत्वको ९ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलको संयोजकमा महासचिव पौडेल र सदस्यहरुमा रामबहादुर थापा बादल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल सदस्य रहेका छन् ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);