प्रदेशस्तरीय कार्यान्वयन निर्देशिका तयारी गोष्ठी सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८१, मंगलबार

प्रदेशस्तरीय कार्यान्वयन निर्देशिका तयारी गोष्ठी सम्पन्न

janakpur-gosthi

जनकपुरधाम, १३ पुस । प्रदेश नम्वर २ मा प्रदेशस्तरीय स्वास्थ्य कार्यान्वयन निर्देशिका तयारी गोष्ठी जनकपुरधाममा सम्पन्न भएको छ । स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेका समुदायलाई राष्ट्रिय रणनीतिमा समेट्न सेभ द चिलड्रेनको सहयोग तथा प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालयको आयोजनामा गोष्ठी भएको हो ।

गोष्ठीमा बोल्दै प्रदेश २ का सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले प्रदेशको स्वास्थयमा मानव विकास सूचकांकलाई माथि उकास्न सबैजनालाई मिलेर काम गर्नु पर्ने बताए ।

नेपालमा विगतको अवधिमा स्वास्थ्य र पोषणको सूचकांकमा सुधार भएपनि विभिन्न जातजातिहरुको बीचको असमानता कायमै रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);