देउवा सरकारले नियुक्ति गरेका तीन राजदूतलाई ओली सरकारले फिर्ता बोलायो | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

देउवा सरकारले नियुक्ति गरेका तीन राजदूतलाई ओली सरकारले फिर्ता बोलायो

काठमाडौं १२ पुस । सरकारले ब‌ंगलादेश, दक्षिण कोरिया र स्पेनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेको बंगलादेशका लागि राजदूत रहेका डा. चोपलाल भुसाल, स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी र दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहलाई फिर्ता बोलाइएको हो ।

५ देशका लागि राजदूतहरुको नियुक्ति सिफारिस
साथै सरकारले थप ५ देशका लागि राजदूतहरुको नियुक्ति सिफारिस पनि गरेको छ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ ।

३ सय विद्युतीय बस खरिद गर्ने निर्णय
यस्तै सरकारले आफ्नै लगानीमा ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषको बैठकले अमेरिकासँग पर्यटकीय भिषा पारस्परिक गर्ने प्रस्ताव मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ ।

सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँसकोटाले बैठकका निर्णय सार्वजनिक गर्दै नयाँ व्यवस्थाअनुसार पर्यटक भिषामा नेपाल आउनेहरुलाई ५ वर्षे बहुप्रवेशी भिषा प्रदान गरिने जानकारी दिए ।

नयाँ व्यवस्था अनुसार पाँच वर्षे भिषाले १८० दिन सम्म नेपालमा बस्न पाइनेछ भने बहुप्रवेशी भिषा लिँदा अमेरिकी र नेपाली पर्यटक दुवैले १६० अमेरिकी डलर बुझाउनु पर्नेछ । यो निर्णयअनुसार अब दुई देशबीच भिषा शुल्क बराबरी भएको छ । नयाँ व्यवस्था सन् २०१९ जनवरी १ देखि लागू हुने संचारमन्त्रि बास्कोटाले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);