गार्मेन्ट्का उत्पादनमा भन्सार छुटको व्यवस्था गर्न अमेरिकासँग आग्रह | ईमाउण्टेन समाचार

Our Network

माघ १ २०८१, मंगलबार

गार्मेन्ट्का उत्पादनमा भन्सार छुटको व्यवस्था गर्न अमेरिकासँग आग्रह

pradeep gywali

काठमाडौं, ८ पुस । सरकारले गार्मेन्टका उत्पादनहरुमा भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकासँग आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सरकारले नेपाली गार्मेन्टका उत्पादनहरुमा पनि भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकी सरकारसँग आग्रह गरिएको जानकारी दिएका हुन् ।

गत साता मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोको नियन्त्रणामा अमेरिकाको औंपचारिक भ्रमण गरेका थिए । सोही भ्रमणका उपलब्धिबारे आईतबार पत्रकार सम्मेलन गरी जानकारी गराउने क्रममा मन्त्री ज्ञवालीले आफूले नेपाली गार्मेन्टको उत्पादनमा भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकी समकक्षी पोम्पियोसँग आग्रह गरेको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले आगामी मार्चमा आयोजना हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताहरुको सहभागिताका लागि आवश्यक वातावरण बनाई दिन पनि आग्रह गरेका थिए । द्धिपक्षीय भेटवार्तामा अमेरिकी विदेशमन्त्री पोम्पियोले नेपालको पाँचखालस्थित विरेन्द्र शान्ति सैन्य तालिम केन्द्रको क्षमता विस्तारका लागि आवश्यक सहयोग गर्ने बचन पनि दिएका थिए ।

अमेरिका बसाईको क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकास्थित गैर आवासीय नेपालीहरुलाई राष्ट्र निर्माणको अभियानमा सहयागी हुन पनि आग्रह गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);