विद्यालयमा क्रिसमसलाई विशेष प्राथमिकता, सान्टाको ड्रेस अनिवार्य | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

विद्यालयमा क्रिसमसलाई विशेष प्राथमिकता, सान्टाको ड्रेस अनिवार्य

christmas school1

अप्सरा गौतम
काठमाडौं, ८ पुस । पछिल्लो समय उपत्यका लगायत अन्य ठाउहरुमा रहेका विद्यालयहरुमा क्रिसमसलाई बिशेष प्राथमिकता दिएर मनाउन थालिएको छ । क्रिसमस मनाउनका लागी विद्यार्थीहरुलाई सान्टाको ड्रेस लगाउन कतिपय बिद्यालयहरुले अनिवार्य गरेका छन् । यस्ता क्रियाकलापले बाल मस्तिष्कमा सहजै प्रभाव पार्ने र हाम्रो सामाजिक पहिचान भत्काउने कतिपयको भनाई छ ।

इसाई धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव डिसेम्बर २५ का दिन मनाईने क्रिसमसको रौनक यतिबेला बजारमा जताततै देखिन थालेको छ । ठूला ठूला सपिङ मल देखी साना पसलहरुमा सजाईएका क्रिसमस ट्रि लगायत सान्टा क्लजका तश्वीर जताततै देख्न सकिन्छ । पछिल्लो समय बिभिन्न बिद्यालयहरुमा क्रिसमस मनाउन थालीएको पाईन्छ ।

क्रिसमस मनाउने मात्र नभएर कतीपय बिद्यालयहरुले त क्रिसमसका दिन बिद्यार्थीहरुका लागी सान्टा क्लजका ड्रेस अनिवार्य समेत गरेका हुन्छन । यसले गर्दा बिद्यार्थीहरुमा क्रिसमस प्रतीको प्रभाव बढदै गएको छ ।

क्रिसमसले हाम्रो सामाजिक पहिचान भत्काउने त हैन भन्ने प्रश्न पनि उब्जिएको छ । पाश्चात्य धर्मलाई प्राथमिकतामा राख्नुले अबका केहि समय पछि आफुहरुले मान्दै आएको हिन्दु धर्मप्रतीको आस्था घटदै जाने होकी भन्ने आशंका पनि उब्जिउको छ । अविभावक भने आफना बालकालिकाको खुसीका लागी सामान्य तरीकाले क्रिसमस मनाउदा धर्ममा आँच नआउने बताउछन । तर बिद्यालयले भने ड्रेस अनिवार्य गरेकामा भने उनीहरुको आपत्ति छ ।

christmas school

यता कतिपय बिद्यालयले भने आफुहरुले क्रिसमसका दिनलाई भनेर छुटै ड्रेस नराखेको बताउँछन् । विद्यार्थीहरुलाई सबै धर्म समुदायको ज्ञान हुन जरुरी भएकाले हिन्दुहरुले मनाउदै आएका चाडपर्व जस्तै गरी क्रिसमस पनी सामान्य तरीकाले मनाउने गरेको तर्क गर्छन । यो कुनै धर्म संग सम्वन्धीत नरही सबै चाडपर्वहरुका विषयमा अवगत गराउने क्रममा क्रिसमस पनी बिद्यालय स्तरमा मनाउने गरेको शिक्षकको भनाई छ ।

नेपाल धर्म निरपेक्ष राष्ट्र घोषणा भएपनी यहाँ सबै भन्दा बढी हिन्दु धर्मको बाहुल्यता रहेको छ । तर पछिल्लो समय क्रिश्यिनहरुले मनाउदै आएका क्रिसमस नेपालमा मनाउनेको बाहुल्यता बढदै गएको छ । झन विद्यालय  स्तर बाटै क्रिसमस मनाउदा बाल मस्तिष्कमा क्रिसमसप्रतिको प्रभाव बढने र धर्म परिवर्तनमा यसले सहज बनाउने सरोकारवाला बताउछन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);