काठमाडौं, ८ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आईतबार काठमाडौंमा आयोजित अन्तराष्ट्रिय स्तरको बैंक तथा वित्तिय संस्थाहरुको कार्यशाला गोष्ठीमा उनले विश्वमा प्रयोगमा आएका नयाँ–नयाँ प्रविधिहरुको प्रयोग गर्न सक्ने जनशक्ति व्यवस्था गरेर अघि बढन बैठक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरे । गभर्नर नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधियुक्त बनाउन मानव संशाधनको विकासमा जोडदिनुपर्ने उल्लेख गरे ।
प्रविधिको प्रयोगमा जोड नदिने बैंक तथा वित्तिय संस्थाहरु आधुनिक बजारमा टिक्न नसक्ने उनको भनाइ थियो । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई प्रविधियुक्त बनाउन आवश्यक नीतिगत व्यवस्था गर्ने तयारी गर्न लागेको गभर्नर नेपालले जानकारी दिए ।