दाङमा बस दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति नेकपाद्वारा शोक व्यक्त | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

दाङमा बस दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति नेकपाद्वारा शोक व्यक्त

काठमाडौं, ७ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दाङमा बस दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति गहिरो शोक व्यक्त गरेको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको शनिबारको बैठकमा सो बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

दुर्घटनामा ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

शुक्रबार दाङको तुलसीपुर नगरपालिकास्थित राम्री भन्ने ठाउँमा शैक्षिक भ्रमणमा गएका विद्यार्थीहरुको चढेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो भने ११ जना घाईते भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);