पूर्वराजा ज्ञानेन्द्र शाह र कमल थापाबीच पोखरामा भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

पूर्वराजा ज्ञानेन्द्र शाह र कमल थापाबीच पोखरामा भेटवार्ता

Gyanendra-shah-and-kamal-thapa

काठमाडौं, ६ पुस । राप्रपा अध्यक्ष कमल थापा र पूर्व राजा ज्ञानेन्द्र शाहबीच पोखरामा भेटवार्ता भएको छ । पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र साहसंग अध्यक्ष थापाले आज भेटवार्ता गरेका हुन् । भेटवार्तामा देशको पछिल्लो राजनीतिक विषयमा कुराकानी भएको बुझिएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस ढिलो चाँडो हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने बताए ।

राप्रपाको गण्डकी स्तरीय सम्मेलनमा सहभागी हुन शुक्रबार पोखरा पुगेका अध्यक्ष थापाले संचारकर्मीसंग कुरा गर्दै बीपी कोइरालाले प्रतिपादन गरेको हिन्दु राष्ट्र र राजसंस्था सहितको लोकतन्त्रमा कांगे्रस एकदिन आएरै छाड्ने विश्वास व्यक्त गरे ।

उनले पोखरामा पूर्वराजा ज्ञानेन्द्र आउँदा देखिएको उपस्थितिले अझै पनि जनतामा राजसंस्थाप्रति आस्था र विश्वास रहेको पुष्टी गरेको बताए । अध्यक्ष थापाले राप्रपाको गण्डकी स्तरीय सम्मेलनमा नेता तथा कार्यकतालाई प्रशिक्षण दिने कार्यक्रममा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);