किया मोटर्सको विद्युतीय गाडी नेपाली बजारमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

काठमाडौँ, १२ भदौ । किया मोटर्सले नयाँ विद्युतीय गाडी बजारमा ल्याएको छ ।

 

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी किया मोटर्सले गैरीधारामा आफ्नो नयाँ सोरुम र नया विद्युतीय साउल गाडीको उद्घाटन गरेको हो । किया मोटरका व्यवस्थापक र कोरियाका किया मोटरका प्रतिनिधीले संयुक्तरुपमा नयाँ गाडीको उद्घाटन गरेका थिए । साउल विद्युतीय गाडी भएकाले शतप्रतिशत प्रर्दुशनमुक्त हुने र घर घरमै सजिलै चार्ज गर्न सकिने आयोजकको दाबी छ ।

 

गाडी चार्जका लागि काठमाण्डौ लगाएत देशैभर ३ महिना भित्र चार्ज स्टेशन बनाउने पनि आयोजकले जनाएको छ । साउल गाडीको मूल्य ५८ लाख निर्धारण गरिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);