उपभोक्तालाई मारमा पार्ने काम नगर्न चिनी उद्योगीहरुलाई सचेत | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

उपभोक्तालाई मारमा पार्ने काम नगर्न चिनी उद्योगीहरुलाई सचेत

अर्थमन्त्री डा. युवराज खतिवडा

काठमाडौं, ४ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले उपभोक्तालाई मारमा पार्ने काम नगर्न चिनी उद्योगीहरुलाई सचेत गराएका छन् । राज्यबाट सेवा, सुविधा र अनुदान लिने अनि उपभोक्तालाई मार मार्ने काम चिनी उद्योगीहरुले गरिरहेको अर्थमन्त्री खतिवडाको आरोप छ ।

बुधबार प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा बोल्दै उनले उखु कृषकलाई प्रोत्साहित नगरे चिनीको उत्पादन कसरी बढाउन सकिन्छ ? भनि चिनी उद्योगीहरुलाई प्रश्न गरे ।

चिनी उद्योगीहरुले उखु कृषकहरुको वक्यौता रकम अझै नदिएकोप्रति अर्थमन्त्री खतिवडाको आपत्ति छ । अर्थमन्त्री खतिवडाले स्वदेशी कृषि उद्योगको प्रोत्साहनका लागि सरकारले चिनी आयातमा प्रतिबन्ध लगाउनु परेको बताए । उनले कृषिजन्य उत्पादनमा अनुदान सहायता बढाउन सरकारले केही बस्तुमा करको दर बढाउनु परेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);