सिन्डिकेट पक्षधर व्यवसायीसँग फेरि झुक्यो सरकार | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

सिन्डिकेट पक्षधर व्यवसायीसँग फेरि झुक्यो सरकार

syndicate

काठमाडौं, १ पुष । सरकार कम्पनीमा दर्ता नहुने यातायात संघ-समितिसँग फेरि झुकेको छ। सरकारले विभिन्न संघ÷समिति मातहत रहेका यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन शनिबारदेखि लागु हुने गरी फेरि तीन महिना म्याद थप गरेको हो। सरकारले कम्पनीमा दर्ता भएर पञ्जीकृत हुन नआउने यातायात व्यवसायीलाई कारवाही गर्नुको सट्टा फेरि दोस्रोपटक म्याद थप गरेर उनीहरूकै पक्ष लिएको हो।

यातायात व्यवसायी अनेक बाहानाबाजी गरेर सिन्डिकेटको बलमा सरकारलाई झुक्यउँदै बारम्बार म्याद थप गर्न सफल भइरहेका छन्। यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले कम्पनीमा दर्ता नहुने यातायात व्यवसायीलाई कम्पनीमा दर्ता भएर पञ्जीकृत हुन तीन महिनाको अवधि थप गरिएको बताए। ‘यातायात व्यवसायीको सिफारिसमा शनिबार थप तीन महिना म्याद थप गरेका छौं,’ उनले भने, ‘यातायात व्यवसायी कम्पनी ऐनअनुसार दर्ता गर्न समस्या आएकाले तीन महिना म्याद थप गरिएको हो।’

गृहमन्त्री रामबहादुर थापाले गत वैशाखमा संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता भएका यातायात संघ-समितिको दर्ता, नवीकरण र रुट पर्मिट असार मसान्तभित्रै खारेज गर्ने निर्णय गरेका थिए। त्यसपछि सरकारले कम्पनीमा दर्ता हुन यातायात संघ-समितिका लागि मंसिर मसान्तसम्मको समय दिएको थियो। मंसिर मसान्तकै दिन फेरि सरकारले यातायात व्यवसायीको मागअनुसार फेरि तीन महिना म्याद थपेको हो।

एक साताअघिसम्म यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यप्रसाद ढकालले मंसिर मसान्तभित्र कम्पनीमा दर्ता भएर पञ्जीकृत नहुने सार्वजनिक सवारी साधनलाई गुड्न नदिने दाबी गरेका थिए। तर, सिन्डिकेटधारी यातायात व्यवसायीको दबाबमा उनै महानिर्देशक ढकालले यातायात व्यवसायीका लागि थप तीन महिना म्याद दिएका हुन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);