भ्रष्टाचारविरुद्ध ऐक्ववद्ध नागरिक समाजद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

भ्रष्टाचारविरुद्ध ऐक्ववद्ध नागरिक समाजद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र

anti corruption day

काठमाडौं, २३ मंसिर । नागरिक समाजका अगुवाहरुले भ्रष्टाचार नियन्त्रणका लागि ‘उच्चस्तरीय सम्पत्ति छानवीन आयोग’ गठन गर्न सरकारसँग माग गरेका छन । भ्रष्टाचारविरुद्ध ऐक्ववद्ध नागरिक समाजले आईतबार प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै भ्रष्टाचार नियन्त्रणका लागि उच्च स्तरीय सम्पत्ति छानवीन आयोग गठन गर्न माग गरेको हो ।

सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति लिएपनि त्यसलाई सशक्त ढंगले कार्यान्वयनमा ल्याउन नसकेकोमा समाजको असन्तुष्टि छ ।

यता, प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि आफू प्रतिवद्ध रहेको बताएका थिए । उनले भ्रष्टाचार नियन्त्रणका लागि आफूले असहिष्णु नीति लिएको र त्यसलाई प्रभावकारी कार्वान्वयन गर्न पूरै शक्तिका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले देश बनाउने अभियानमा सरकार जुटेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आह्वान गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);