काठमाडौं, २१ मंसिर । महानगरीय प्रहरी परिसरले राजधानीको एक सुधार गृहबाट २१ जनालाई उद्धार गरेको छ । राजधानीको सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामको सुधार गृहबाट बिहीवार राती २१ जना व्यक्तिहरुको उद्धार गरिएको हो ।
सुधारकेन्द्रका संचालक सन्तोष घिमिरेले सुधार केन्द्रको नाममा त्यहाँ रहेका व्यक्तिहरुलाई चरम यातना दिने गरेको निवेदन परेपछि प्रहरीले उनीहरुको उद्धार गरेको हो ।
पीडितलाई उद्धार गरी सुधारकेन्द्र संचालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । पीडितहरुले संचालक तथा कर्मचारीले असह्यरुपमा यातना दिएका कारण भागेर उजुरी गरेको बताएका छन् ।
पक्राउ परेकाहरुलाई मुलुकी ऐन अपराध संहिता अनुसार मुद्धा चलाउने प्रहरीले जनाएको छ ।