ट्रान्सफरमेसन नेपालबाट २१ जनाको उद्धार, सुधार केन्द्रको नाममा चरम यातना | ईमाउण्टेन समाचार

Our Network

कार्तिक ९ २०८१, शुक्रबार

ट्रान्सफरमेसन नेपालबाट २१ जनाको उद्धार, सुधार केन्द्रको नाममा चरम यातना

transformation nepal1

काठमाडौं, २१ मंसिर ।  महानगरीय प्रहरी परिसरले राजधानीको एक सुधार गृहबाट २१ जनालाई उद्धार गरेको छ । राजधानीको सुकेधारास्थित ट्रान्सफरमेसन नेपाल नामको सुधार गृहबाट बिहीवार राती २१ जना व्यक्तिहरुको उद्धार गरिएको हो ।

transformation nepal2

सुधारकेन्द्रका संचालक सन्तोष घिमिरेले सुधार केन्द्रको नाममा त्यहाँ रहेका व्यक्तिहरुलाई चरम यातना दिने गरेको निवेदन परेपछि प्रहरीले उनीहरुको उद्धार गरेको हो ।

पीडितलाई उद्धार गरी सुधारकेन्द्र संचालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । पीडितहरुले संचालक तथा कर्मचारीले असह्यरुपमा यातना दिएका कारण भागेर उजुरी गरेको बताएका छन् ।

transformation nepal

पक्राउ परेकाहरुलाई मुलुकी ऐन अपराध संहिता अनुसार मुद्धा चलाउने प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);