वाइल्डर र फ्युरीबीचको बहुप्रतिक्षित बक्सिङ भिडन्त बराबरीमा | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

वाइल्डर र फ्युरीबीचको बहुप्रतिक्षित बक्सिङ भिडन्त बराबरीमा

wilder vs fury

एजेन्सी , १७ मंसिर । विश्व हेविवेट बक्सिङ अन्तर्गत टाइसन फ्युरी र ड्योन्ट्री वाइल्डरवीचको बहुप्रतिक्षित भिडन्त बराबरीमा सकिएको छ । अमेरिकाको लस एन्जलसमा भएको बक्सिङ भिडन्तको पहिलो चरण निकै प्रतिष्पर्धात्मक बनेको थियो ।

चौथो देखि छैटौं चरणसम्म फ्युरीले आफ्नो अनुभवको पूरा फाइदा उठाउन सफल भए । नौवौं चरणमा वाइल्डरले फ्युरीलाई कुनै मौका दिएनन् । सशक्त मुक्का प्रहार गर्दै फ्युरीलाई ढलाइदिए । तर तत्काल फ्युरी उठ्न सफल भए । १२औं तथा अन्तिम चरणमा वाइल्डरले फ्युरीलाई फेरी ढलाए । तर उनले आफुलाई एउटा योद्धा प्रमाणि गर्दै वाल्डरविरुद्ध केही उत्कृष्ट मुक्का प्रहार गरे ।

फ्युरीको कमब्याकको चौतफी प्रशंसा भएपनि स्कोर कार्डमा दुवैको बराबरी भएको छ । वाल्डरको पक्षमा ११५–१११ स्कोर थियो भने फ्युरीको पक्षमा ११४–११२ थियो । समग्रमा यो खेल ११३–११३ स्कोरमा बराबरी भएको हो ।

वेलायती बक्सर फ्युरीले खेल बराबरी भएपनि च्याम्पियन को बन्यो भन्ने विश्वले थाहा पाइसकेको प्रतिक्रिया दिएका छन । आफ्नो भुमिमा वाइल्डरले उपहार स्वरुप यो निर्णय पाएको प्रतिक्रिया फ्युरीको रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);