काठमाडौं, १५ मंसिर । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले ट्रेड विजनेशलाई कम गर्दै देशमा उत्पादनमुलक उद्योगको विकासलाई जोड दिनुपर्ने बताएका छन् ।
रुपन्देही उद्योग संघको शनिवार सम्पन्न ४१ औं स्थापना एवं औद्योगिक दिवशको अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले उत्पादनमुलक उद्योगको विकास र व्यवसायको जर्गेना गर्न नसक्दासम्म अर्थतन्त्रमा समेत असर परेको बताए ।
उनले वदलिंदो परिस्थिती अनुसार प्रविधिको उपयोग र परम्परागत प्रणालीलाई निरुत्साहित गर्ने नीति राज्यले लिनुपर्ने बताए ।
कार्यक्रममा रुपन्देहीमा उद्योग क्षेत्रमा रहेर महत्वपूर्ण योगदान पु¥याउने उद्योगी, विशिष्ठ व्यक्तित्व, पत्रकारहरुलाई सम्मान गरिएको थियो ।