हिउँदे अधिवेशन छिट्टै बोलाउने तयारीमा सरकार | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

हिउँदे अधिवेशन छिट्टै बोलाउने तयारीमा सरकार

काठमाडौं, ११ मंसिर । सरकारले हिउँदे अधिवेशन छिट्टै बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले हिउँदे अधिवेशन छिट्टै बोलाउन लागिएको जानकारी दिए ।

मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले काठमाडौंमा आयोजना गरेको ‘ऐन कार्यान्वयन मापन तथा अध्ययन अनुसन्धान’ सम्बन्धि एक दिने गोष्ठीमा बोल्दै उनले हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका कानुन संशोधनको कामलाई अघि बढाउने गरी गृहकार्य भईरहेको बताए ।

मन्त्री ढकालले संसदको आगामी हिउँदे अधिवेशनमा साझा सूचि र शान्ति प्रक्रियासँग सम्बन्धित कानुन निर्माणको कामलाई प्राथमिकतामा राखिएको बताए ।

मन्त्री ढकालले संविधान संशोधनलाई सहज बनाउन समितिले आयोजना गरेको सो गोष्ठी फलदायी हुने विश्वास पनि व्यक्त गरे । कार्यक्रम महान्यायाधिवक्ता अग्नी खरेलले कानुन निर्माणसँग सम्बन्धित निकायहरुको काम, कर्तव्य र अधिकारबारे चर्चा गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);