काठमाडौं, ९ मंसिर । प्रिटी जिन्टाले नेपाली चेली मेनुका पौडेललाई खुलेर प्रशंसा गरेकि छिन् । भारतको चर्चित रिओयालिटी सो सा रे ग म पा मा नै ईतिहासको पहिलो पटक नेपालीले सहभागिता जनाएका छन् । नेपालको झापा जिल्लामा जन्मिएकि चेली हुन् दृष्टिविहिन मेनुका पौडेल । उनी आखाको पहुचबाट टाढा छिन् । अहिले उनले सो सा रे ग म पा मा तहल्का फिजाउदै छिन् ।
नेपाली चेली मेनुका पौडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १३ मा पुगेकी छिन् । मेनुकाले जि टिभीबाट प्रशारण भइरहेको आइतबारको शोमा फिल्म खुबसुरतको ‘पिया बाबरी’ बोलको गीत गाउँदा जजहरु उठेर उनको हौसला बढाएका थिए ।
उनको प्रस्तुतीलाई जुरीका सदस्यले ९९.३ प्रतिशत अंक दिए । यस्तै, जिन्टाले भनिन्, ‘तपाईं भित्र जुन सुर छ, जुन भावना छ, त्यो निकै शुद्ध छ । त्यसकारण बधाई, प्रस्तुती निकै राम्रो थियो ।’ ‘तपाईंले निकै सुन्दर तरिकाले यो गीत गाउनुभयो ।
तबलाको बोल, सरगम निकै राम्रो थियो, डायनामिक्स कमालको थियो । समग्रमा तपाईंको प्रस्तुती निकै शानदार थियो – जज साजिद खानले उनको प्रशंसा गर्दै भने । यस्तै अर्का जज शेखर दादलानीले भने, ‘तिमीले जसरी गाइरहेकी छौ, त्यसरी नै निडर भएर गाउ ।’