राष्ट्रपतिलाई डिस्टर्ब | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

राष्ट्रपतिलाई डिस्टर्ब

bidhya devi

काठमाडौं, ९ मंसिर । तालिम केन्द्रमा प्रहरीले गोली पड्काएको आवाजले राष्ट्रपतिलाई डिस्टर्ब भएको घटना अहिले राष्ट्रिय चर्चाको विषय बनेको छ ।

राष्ट्रपतिलाई डिस्टर्ब भएपछि त्यो राष्ट्रिय चर्चाको विषय बन्नु स्वभाविक पनि हो । सर्वसाधारण जनतालाई डिस्टर्ब भएको भए त्यो अर्कै विषय आयो । तर, नबुझेको कुरो के रह्यो भने प्रहरीले गोली पड्काउन थालेको अहिले होईन ।

धेरै अघिदेखि नै प्रहरीले गोली पड्काउँदै आईरहेको छ । तर, डिस्टर्बचाहिँ अहिले आएर मात्र किन भएको हो ?

काठमाडौंमै  कति वटा आन्दोलनमा प्रहरीले गोली पड्काएकै थियो । प्रहरीको त्यही गोली लागेर कति नागरिक ढलेकै थिए । तर, त्यतिबेला त उपल्लो तहलाई डिस्टर्ब भयो भन्ने कुरा आएन । मधेसमै हेर्नुहोस मधेसी जनता अधिकार माग्न सडकमा ओर्ले कि प्रहरीले पटापट गोली पड्काईहाल्छन् ।

कति आन्दोलनकारी त्यहीँ ढलेको ढल्यै हुन्छन् । खै, त्यतिबेला पनि राष्ट्रपतिलाई डिस्टर्ब भयो भन्ने कुरा सुनेको थिइँन ।, आजको नेपाल साप्ताहिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);