काठमाडौं, ८ मंसिर । छोरीको हत्यारालाई कारवाहीको माग राख्दै अनसन बसेका निर्मलाका बुवा यज्ञराज पन्तको स्वास्थ्य अवस्था विग्रदै गए पछि उनलाई उपचारको लागि काठमाडौं ल्याइएको आफन्तहरुले बताएका छन् ।
पन्तलाई उपचारका लागि काठमाडौं ल्याइए पनि कन्चनपुरका जारी धर्ना भने निरन्तर रहने आफन्तले बताएका छन् । बलात्कार पछि हत्या गरिएकी छोरीको न्याय माग्दै बिगत १३ दिनदेखी अनिश्चितकालिन धर्नामा रहेका निर्मलाका बुबा यज्ञराज पन्तको स्वास्थ्य स्थिति बिग्रिदै गए पछि उनलाई उपचारको लागि काठमाडौ ल्याइएको हो ।
केही दिन देखि यज्ञराजले धर्ना स्थलमा बहकिने तथा जथाभावि बोलिरहेने र असामान्य व्यबहार देखाउँदै आएका थिए ।
चिकित्सकहरुका अनुसार यज्ञराजको पछिल्लो व्यवहार डिप्रेसनको लक्षण भएको बताएका छन् । यता कञ्चनपुरका नि. प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले पनि यज्ञराजको शारीरिक र मानसिक अवस्था असामान्य रहेको बताए ।
यद्यपी उनले चिकित्सकहरुको रिपोर्ट आएपछि मात्र सवै कुरा भन्न सकिने बताए । छोरीको हत्यारालाई प्रक्राउ गर्न निर्मलाका वुवा काठमाडौंसम्म आएपनि प्रक्राउ नपरेपछि १३ दिन देखि कञ्चनपुर जिल्ला प्रशासन कार्याल अगाडी धर्ना बस्दै आएका थिए छन् । कञ्चनपुर प्रहरीले निर्मलाका हत्याराको खोजबिन भईरहेको जनाएको छ ।