बिहे रोकिएको गाउँ | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

बिहे रोकिएको गाउँ

lapchi-dolakha

दोलखा, ८ मंसिर । सुन्दा अचम्म लाग्न सक्छ- नेपालमा यस्तो पनि एउटा गाउँ छ, जहाँ तीन वर्षदेखि कुनै बिहेबारी भएको छैन। बिहे गर्ने उमेरका युवायुवती नभएर होइन। न त बिहे परम्परा बहिष्कार गरेरै हो। सीमा क्षेत्रमै रहेकाले र परम्परालाई निरन्तरता दिने प्रयास गरेकैले उक्त गाउँमा तीन वर्षदेखि बिहेबारी ठप्प छ। यो लेखोट सीमापार बिहेबारी हुने परम्परा रहेको गाउँको कथा हो।

सीमापार बिहेबारी भन्नासाथ अधिकांशलाई भारतीय समुदायसँग बिहे गर्ने नेपालको मधेसी समुदायको कथा लाग्न सक्छ। तर देशको उत्तरी भेगमा बसोवास गर्ने खास समुदायका नेपालीको पनि नेपाली सीमानजिक बस्ने चिनियाँसँग वैवाहिक सम्बन्ध हुने गर्छ।

यस्तो सीमापार बिहेबारीको चर्चा तुलनात्मक रूपमा कम हुने गर्छ किनभने यो समुदाय विकट हिमाली इलाकामा बस्छ र पहिलेदेखि नै राज्यको पहुँचबाट टाढा छ। अर्कोतर्फ मधेसी समुदायजस्तो राजनीतिक र आर्थिक क्षेत्रमा प्रभाव पार्ने गरी उल्लेख्य जनसंख्या पनि छैन। चीनको स्वशासित क्षेत्र तिब्बतका शेर्पा जातिसँग वैवाहिक सम्बन्ध राख्ने नेपालका शेर्पा जातिको कथा हो यो।

भारतसँग जस्तो चीनसँग हाम्रो सिमाना खुला छैन। तिब्बती विद्रोहीको विषयमा चीन सधैं संवेदनशील छ। नेपालले पनि चीनको संवेदनशीलतालाई सकारात्मक साथ दिइरहेको छ। साथसाथै सिमानाको दुवैतिर ३० किलोमिटर भित्र बस्ने जनतालाई सहजताका लागि विनाभिसा आवतजावत र सामाजिक सम्बन्धको निरन्तरतालाई राजनीतिक तवरबाटै स्वीकार गरिएको छ। तर ती हिमाली गाउँबस्तीको भ्रमण गर्दा तिब्बती भाषा-संस्कृति अवलम्बन गरिरहेका नेपाली नागरिकबारे चिनियाँ सरकारलाई नेपाल सरकारले विश्वस्त बनाउन नसकेको अनुभूति हुन्छ। त्यही कमजोरीको परिणाम भोग्न बाध्य भएका छन् दोलखाका लप्ची गाउँवासी।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);